Thu. Apr 25th, 2024

असार २५ गतेसम्म कर तिर्ने समयसीमा तोकियो

काठमाडौं, २०७८ असार २ गते बुधबार । आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।

प्राप्त सूचना अनुसार वि.सं.२०७७ चैत र २०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Facebook Comments