Fri. Apr 26th, 2024

मेलम्चीकाे बाढीमा हराएकाकाे पहिचान खुल्याे, पानीकाे सतह अझै बढ्दै

काठमाडौं, २०७८ असार २ गते बुधबार ।  राजधानी काठमाडौंबाट उत्तर-पूर्वमा पर्ने ३ नम्बर प्रदेशअन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची बजार यतिखेर बाढी वितण्ड मच्चाएको छ ।

मेलम्ची क्षेत्रमा  वर्षा ऋतुमा मनसुनी वर्षा बढी हुने गर्दछ । मेलम्ची नगरपालिका दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असारदेखि भदौसम्ममा प्रशस्त पानी पर्ने गर्छ । तर, असार महिना शुरु भएको पहिलो दिनै नै मेलम्चीमा बाढीले वितण्ड मच्चाएको छ । नेपालमा मनसुन शुरु भएको छ । यसको असर पछिल्लो समय देशका अधिकांश क्षेत्रमा परेको छ ।

यसैबीच सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले बगाएर सम्पर्क बिहिन भएका सात जनाको पहिचान खुल्योको छ । इन्द्रावती नदीमा आएको बाढीले बगाएर सम्पर्कविहीन भएका सात जनाको पहिचान खुलेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारीले गोरखापत्र अनलाइनलाई बताउनुभएको छ ।

सम्पर्कविहीन हुनेमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी र वर्ष ४२ का गणेश ज्योती, हेलम्बु-३ का ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु-७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति हेलम्बु-६ का ५० वर्षीय च्याङ्बा तामाङ र वर्ष तथा नाम खुल्न नसकेको च्याङ्बा तामाङको श्रीमती र साँगाचोकगढी-६ का वर्ष २३ को सुरेन्द्र नेपाल रहेका छन् ।

मेलम्ची नदीमा मंगलबार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्याएको छ । पछिल्लो समयमा हेलम्बु र मेलम्ची पानी सहत बढेको भन्दै मानिसहरुलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको उहाँले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments