Wed. Apr 24th, 2024

चीनद्वारा नेटोको प्रतिवाद, आफूलाई ‘चुनौती’ भनेर अतिरञ्जना गरेको आरोप

GETTY IMAGES

काठमाडौं, २०७८ असार १ गते मंगलबार । नेटोका नेताहरूले पैचिंगबाट “प्रणालीगत चुनौती” आइरहेको भन्दै चेतावनी दिएपछि चीनले नेटोमाथि आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप लगाएको छ।

नेटोले आणविक अस्त्र विकास गर्नेसहितका चीनका कामले ‘विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई खतरामा पारेको बताएको थियो।

तर चीनले नेटोले आफूबारे अतिरञ्जना गरेको दाबी गरेको छ। चीनलाई नेटोले आफ्नो छलफलको विषयवस्तुको केन्द्रमा पहिलो पटक राखेको हो।

चीनले जबाफमा के भन्यो?

नेटोको चेतावनीको प्रतिवाद गर्दै चीनले आफ्नो रक्षानीति ‘प्रतिप्रक्षात्मक स्वरूपको’ रहेको भन्दै नेटोलाई आफ्नो शक्ति ‘संवाद प्रवर्धनका लागि ‘ प्रयोग गर्न आग्रह गरेको छ।

युरोपेली सङ्घमा रहेको चिनियाँ नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छः प्रतिरक्षा र सैन्य आधुनिकीकरणको हाम्रो जोड औचित्यपूर्ण, तर्कसङ्गत, खुला र पारदर्शी छ।

उसले नेटोले चीनको विकासलाई ‘विवेकसङ्गत ढङ्ग’ले हेर्दै ‘चीनका वैध स्वार्थ र अधिकारलाई आफ्ना गठबन्धन राजनीतिक सञ्चालन गर्नका लागि बहानाका रूपमा प्रयोग गर्न, मुडभेड सिर्जना गर्न र भूराजनीतिक प्रतिस्पर्धा गर्न बन्द गर्न’ भनेको छ।

नेटोको वक्तव्य सोमवार ब्रसल्समा भएको उसको एकदिने सम्मेलनको अन्त्यमा आएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडन पहिलो पटक उक्त सङ्गठनको बैठकमा सहभागी हुनुभएको हो ।
तीस युरोपेली र उत्तर अमेरिकी देशहरूको यस शक्तिशाली राजनीतिक एवं सैन्य गठबन्धनले रुसलाई आफ्नो मुख्य जोखिमका रूपमा हेर्ने गर्छ।

बाइडनले जेनेभामा बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न लाग्नु भएको छ । बिबिसी

Facebook Comments