Thu. May 7th, 2026

अमेरिकी जोन्सन एन्ड जोन्सन कम्पनीको खोप विभिन्न मुलुकमा निषेध

       

काठमाडौं, २०७८ असार १ गते मंगलबार । हालै अमेरिकी जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोभिड-१९ खोपलाई कच्चा सामग्रीको प्रदूषण समस्या हुने संभावना रहेकाले विभिन्न मुलुकबाट प्रयोग गर्न निषेध गरिएको छ। युरोपेली औषधि प्रशासन ब्यूरोले हाल प्रकाशित गरेको वक्तव्यका अनुसार, खोप उत्पादन गर्ने एक अमेरिकी कारखानामा कच्चा सामग्री प्रदूषण समस्या देखिएपछि जोन्सन एन्ड जोन्सन कम्पनीले युरोपलाई दशौँ लाख खोप प्रदान गरेको छ भने प्रतिरोध गर्नका लागि युरोपेली औषधि प्रशासन ब्यूरोले युरोपमा ती खोपको प्रयोग गर्न सिफारिस गरेको छैन। साथै क्यानाडा औषधि प्रशासन ब्यूरोले अघि पाएको ३ लाख जोन्सन एन्ड जोन्सन कम्पनीको खोपमा समस्या देखिएको अमेरिकी कारखानामा उत्पादन भएकाले प्रयोग नगर्ने बताएको छ।

वास्तवमा गत फेब्रुअरीको अन्तमा जोन्सन एन्ड जोन्सन कम्पनीको खोपले अमेरिका फुड एन्ड ड्रक एडमिनिस्ट्रेशन अर्थात एफडीएको आपतकालीन प्रयोग अनुमति पाएपछि समस्या भइरहेको देखिन्छ।

एफडीएको एक प्रतिवेदनका अनुसार, अमेरिकी  न्यूराजिङ जैविक प्रविधि कम्पनीको कारखानाले उत्पादन गरेको विभिन्न खेपको कोभिड-१९ खोपको प्रयोग गर्न उपयुक्त छैन। साथै त्यसअघि दुई किसिमका खोप कच्चा सामग्रीको दुबिधा भएको, स्वच्छता मानक नपुगेको, उत्पादन प्रक्रिया अनियमित रहेको लगायत विभिन्न समस्या देखिएको र गत अप्रिलमा उत्पादन निषेध भएको थियो।

जोन्सन एन्ड जोन्सन कम्पनीको खोपको सुरक्षा समस्या कच्चा सामग्री प्रदूषण मात्रै होइन। सर्वसाधारणले जोन्सन एन्ड जोन्सन कम्पनीको खोप लगाएपछि थ्रोम्बस र प्लेटलेट गणना घटाइएको समस्या देखिएकाले एफडीए र सीडीसीले अप्रिलमा उक्त खोप रोक्न घोषणा गरेको थियो र अरू विभिन्न मुलुकले पनि रोकेका थिए। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार