Sun. May 5th, 2024

इजरायलका नेतान्याहु सत्ताबाट बाहिर, नयाँ प्रधानमन्त्री बेनेटको शपथ ग्रहण

काठमाडौं, २०७८ जेठ ३१ गते सोमबार । इजरायलको संसद्ले नयाँ नेता निर्वाचित गरेपछि १२ वर्ष सत्तामा रहनु भएका बेन्जामिन नेतान्याहुले प्रधानमन्त्री पद गुमाउनु भएको छ ।

दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गर्नुभएको छ । अत्यन्तै साँघुरो ६०-५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिनु भएको हो । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उहाँ सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहनु हुनेछ ।

त्यसपछि उहाँले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नुहुनेछ। नेतान्याहु इजरायलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहनु भएका नेता हुनुहुन्छ ।

इजरायलको राजनीतिमा वर्षौंसम्म वर्चस्व कायम राख्न सफल उहाँ दक्षिणपन्थी लिकुड पार्टीको प्रमुख तथा विपक्षी दलको नेता रहनु हुनेछ । बिबिसी

Facebook Comments