Fri. Apr 26th, 2024

माला सिन्हाको ५६ वर्ष पुरानो प्रेम पत्र सीपी लोहनीलाई

- अतितका सम्झना

काठमाडौं, २०७८ जेठ ३१ गते सोमबार ।

मेरो प्यारो सी.पी. लोहनी
मीठो माया र सुमधुर सम्झना !

तिमीलाई छाडेर काठमाडौँबाट बम्बई आएपछि पनि मेरा आँखा र मेरो मन तिमीसँग टाँस्सिरहेकै छन् । तिमीसँगको नेपालको बसाइले तिमीप्रति मलाई निक्कै ठूलो आस्थाको जागृति भयो । तिम्रो व्यवहार र तिम्रो जीवनबाट तिमीसँग म बुहारीझारसरि लट्ठ परेँ । यी सबै कारणले मैले तिमीलाई नै जीवनसाथी छान्ने निर्णय गरेँ । सम्भवतः यो मेरो एकतर्फी धारणा होइन होला । म तिम्रो पनि औपचारिक चाहनाको पूर्ण प्रतीक्षामा छु । यस विषयमा तिमी मलाई खुला छातीले निर्धक्क चिठी लेख । तिमीले मलाई मेरो घरका ठेगानामा चिठी नपठाउनू । मेरी हेयर ड्रेसर (केश बनाउने) बर्थाको ठेगानामा तिमीले चिठी पठायौ भने त्यो चिठी म सुरक्षितसाथ पाउनेछु ।

म तिम्रो चिठी नपाइन्जेलसम्म शान्त मनस्थितिमा हुनेछैन । म एकएक पल गन्दै तिम्रा प्रिय अक्षरहरू पर्खिबसेकी छु ।

तिमीलाई माया गर्ने तिम्री
माला सिन्हा
•••
१९६५.२.५
८, टर्नर रोड, बान्द्रा
बम्बई (भारत)
~
स्मरणरहोस् त्यति बेला माला सिन्हाको केश बनाउने इजरायली नागरिक थिइन् ।

(वरिष्ठ लेखक नरेन्द्रराज प्रसाईको फेसबुकबाट साभार)

Facebook Comments