Thu. May 9th, 2024

काठमाडाैंमा राेकिएकाे भेराेसेलकाे खाेप भाेलिबाट लगाइने, चार अस्पतालबाट सेवा

काठमाडौं, २०७८ जेठ ३० गते आईतबार । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेराेसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो । दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकाएको जानकारी दिएको थियो ।

उक्त रोकिएको खोप अभियान काठमाडौंमा जेठ ३१ र असार १ गते लगाइने भएको छ । आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०-६१ वर्ष उमेर समूहका नागरिक भेराेसेलकाे पहिलाे मात्रा लगाएका व्यक्ति, काेरानाका वरामीकाे उपचार जाँच र प्रत्यक्षा उपचारमा संलग्न चिकित्साकर्मी प्यारा मेडिक्स नरसिंङका विद्यार्थीलाई भेरोसेद खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ । यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो ।

तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने कमनपाकाे शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो । खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरमा खोप लगाइने छ । गोरखापत्र अनलाईन

Facebook Comments