Sun. Apr 26th, 2026

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल सहित पाँच मन्त्रीद्वारा सपथ

       

काठमाडौं, २०७८ जेठ २९ गते शनिबार । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङलाई सपथ गराउनु भएको हो । प्रदेशमा ११ वटा मन्त्रालय छन् । नेपालीले सबै मन्त्रालय आफैले राखेर चार मन्त्रीलाई बीना विभागीय मन्त्रीको रुपमा नियुक्त गर्नु भएको हो ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो तीन बजेसम्मका लागि बहुमत प्राप्त गर्ने आधार सहित मुख्यमन्त्रीमा दावी गर्न आव्हान गर्नुभएकोमा विपक्षी गठबन्धनका तर्फबाट पोखरेलको मात्र दावी प्राप्त भएको थियो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित पोखरेलले मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुखबाट आव्हान भए लगत्तै शुक्रबारनै प्रदेश प्रमुखको कार्यालयमा पुगी दावी पेश गरिएकोमा शनिबार प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएको थियो ।

यस अगाडि १६८ (२) अनुसार सरकार गठनका लागि आव्हान हुँदा पोखरेल नेतृत्वमा सरकार गठनको तयारी गरिएपनि बहुमत नपुगेका कारण सफल भएको थिएन । गोरखापत्र अनलाईन

Facebook Comments

सम्बन्धित समाचार