Mon. May 6th, 2024

उठौँ देशको समृद्धिमा !

- भावना न्यौपाने भवानी, दाङ, तुलसीपुर पाँच, ग लाइन।

काठमाडौं, २०७८ जेठ २९ गते शनिबार । 

-भावना न्यौपाने भवानी

छ नेपाल राम्रो सबैको छहारी
गरौँ प्रेम यस्कै बनेरै पुजारी
दिएकोछ पानी र खाना रसिलो
नबन्नू विदेशी खनौँ फल्छ मीठो ।

कुना कन्दरामा नयाँ गीत गाऊँ
सबै देशबासी पियारा बनाऊँ
छ प्यारो धरा यो हियामा सजाऊँ
म डाँफे र चौँरी खुसीले समाऊँ ।

युवावर्ग आऊ स्वदेशी धरामा
मिली अन्न रोपौँ यहीका गरामा
भए नेतृ – नेता विलासी ,घमण्डी
खनी वृक्ष गोडौँ पियारो जरामा।।

भयो स्वार्थ धेरै गयो भोट खेर
मिली खान लागे स्वनेपाल हेर
भयो देश रित्तो गरी भागबन्डा
भगाऔँ लुटेरा सबैनै मिलेर।।

 

Facebook Comments