Wed. Apr 24th, 2024

फ्रान्सका राष्ट्रपति माक्रोँलाई सार्वजनिक स्थलमै चड्कन

काठमाडौं, २०७८ जेठ २६ गते बुधबार । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला मुहारमा चड्कन हानिएको छ।

सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुग्नु भएको थियो ।

त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उहाँको मुहारमा चड्कन हान्छन्। लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन्।

फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ। घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भन्नु भएको छ ।

“हामीले अति हिंसक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन। ती यसको लायक छैनन्,” उहाँले एक पत्रिकालाई भन्नुभयो।

उहाँले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गर्नुभएको छ । माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन्। बिबिसी

Facebook Comments