Thu. Sep 19th, 2024

राजनीतिक परिस्थितिले सुरक्षा चुनौती आउन सक्ने सेनाको विश्लेषण

काठमाडौं, २०७८ जेठ २४ गते सोमबार ।  कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताउनु भएको छ ।

सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको र संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने पनि बताउदै कार्यकाल सकिन तीन महीना बाँकी रहँदा नेतृत्व हस्तान्तरणको प्रक्रिया पनि सुरु गरेको उहाँले बताउनु भयो ।

Facebook Comments