Thu. May 2nd, 2024

चीन-इन्डोनेशिया उच्च स्तरीय वार्ता सहयोग प्रणालीको पहिलो बैठकबाट ५ बुँदै सहमति

काठमाडौं, २०७८ जेठ २३ गते आईतबार । चीनका परराष्ट्र मन्त्री वाङ यी र इन्डोनेशियाका राष्ट्रपतिका विशेष दूत लुहुट बिन्सार पान्डजैतनको संयुक्त अध्यक्षतामा चीन-इन्डोनेशिया उच्चस्तरीय वार्ता सहयोगात्मक प्रणालीको पहिलो बैठक आयोजित भइ ५ बुँदे मतैक्य हासिल भएको छ।

बैठकपछि उहाँहरूले ‘चीन-इन्डोनेशिया उच्चस्तरीय वार्ता सहयोगात्मक प्रणालीको स्थापना सम्बन्धी स्मृति पत्र’ र ‘चीन-इन्डोनेशिया समुद्री सहयोगको प्रवर्द्धन स्मृति पत्र’मा हस्ताक्षर गर्नुभएको छ।

त्यसपछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले भन्नुभएको छ, ‘द्विपक्षीय सहयोग राजनीतिक, आर्थिक तथा सांस्कृतिक एकैसाथ प्रवर्द्धनबाट राजनीतिक, आर्थिक, सांस्कृतिक र सामुद्रिक सहयोगसम्म स्तरोन्तरण भइरहेको र महामारीपश्चात् आपसी सम्बन्धमा अझ ठूलो विकास पार्दै दुई देशका जनताको बढी हित-कल्याणको सिर्जना गर्दै जाने विश्वास गर्दछौँ।’ सीआरआई

Facebook Comments