Thu. May 2nd, 2024

संवैधानिक इजलास पुनर्गठन, वरिष्ठ न्यायाधीशलाई प्राथमिकता

काठमाडौं, २०७८ जेठ २३ गते आईतबार । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नुभएको छ ।
सो इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित, दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनुभएको छ ।

यसअघिको सोही मुद्दामा गठित संवैधानिक इजलास वरिष्ठतालाई प्राथमिकता नदिइएको भन्ने विषय कानुन व्यवसायीहरुले बसहका क्रममा उठाएपछि राणाले वरिष्ठलाई प्रथामिकतामा राख्नुभएको हो ।
यस विषयमा सर्वोच्च अदालत बारका पदाधिकारी र प्रधानन्यायाधीश राणाबीच छलफल भएको र छलफलका क्रममा उहाँले वरिष्ठतालाई प्राथमिकता दिने बताउनु भएको थियो ।
वरिष्ठताको क्रममा न्यायाधीश हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहनु भए पनि कार्की विपक्षी बनाइनुभएका प्रधानमन्त्री केपी शर्मा ओालीको कार्यकालमा महान्यायाधिवक्ता रहिसक्नुभएका कारण उहाँले पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आफू नबस्ने बताउनुभएको र श्रेष्ठ हाल अस्वस्थ रहेकाले त्यसपछिका वरिष्ठ द्वय खतिवडा र भट्टराइलाई राखिएको हाे । गोरखापत्र अनलाईन

Facebook Comments