Fri. Apr 26th, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, पेट्रोल प्रति लिटर १२५ रुपैयाँ

काठमाडौं, २०७८ जेठ २२ गते शनिबार । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। प्राप्त जानकारी अनुसार निगमले आज (शनिवार) मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान) को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्ने भएको छ ।

स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले इन्डियन आयल कर्पोरेसनले नै मूल्य बढाएर पठाएकाले सोही अनुसार मूल्य समायोजन गरेको बताएको छ ।

Facebook Comments