Fri. Apr 26th, 2024

नेपालमा ३ हजार ५४० जना कोरोना संक्रमित थपिए, ८ हजार २४३ जना कोरोना मुक्त, ६८ जनाको मृत्यु

काठमाडौं, २०७८ जेठ २२ गते शनिबार । नेपालमा एकैदिनमा कोरोनामुक्त हुने सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोनामुक्त भएसँगै नेपालमा हालसम्म चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८५ हजार १०० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ११ हजार ४७१ नमूना परीक्षण गरिएको छ । सोही अबधिमा पाँच हजार ३४३ एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५०२ को रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार ७९९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Facebook Comments