Thu. May 2nd, 2024

उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा पद बहाली

काठमाडौं, २०७८ जेठ २१ गते शुक्रबार । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि पद बहाली गर्नुभएको छ । पद बहालीका क्रममा पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी पहिलो निर्णय गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताउनु भयो ।

उहाँले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताउनु भयो । प्रशासन अनलाईन

Facebook Comments