Sun. May 5th, 2024

जेठ २५ गतेदेखि लगाउन थालिने, ६० वर्षदेखि ६४ वर्षसम्मका प्राथमिकतामा

- चीनबाट प्राप्त खोप लगाउने तालिका निर्धारण

Chinese Vero Cell vaccine

काठमाडौं, २०७८ जेठ १९ गते बुधबार । चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले भेरोसेल खोप ६० वर्षभन्दा माथिको उमेर समूहकालाई पनि दिन सक्ने निर्णय गरेको छ । साथे खाेप जेठ २५ गते बाट लगाउन थालिने भएकाे छ ।

 चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका लाई पनि  दिइने निर्णय भएको छ । साथै खोप लगाउँदा दोस्रो मात्रको पनि सुनिश्चित गरेर मात्र दिने निर्णय गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments