Fri. Sep 20th, 2024

लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउन भारतसँग कुरा भैरहेको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पूर्वको जमिन नेपालको जमिन भएकाले सो जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भईरहेको बताउनु भएको छ ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्र्तरक्रिया गर्दै उहाँले बर्षौ देखि नेपालको भूमि भारतले प्रयोग गर्दै आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताउनु भयो ।

चाईना मिडिया ग्रुपका पत्रकारले आगामी निर्वाचनमा कालापानी, लिपुलेक र लिम्पियाधुराका जनतालाई कसरी सहभागी गराउनु हुन्छ भनि सोधिएको प्रश्नको जवाफ दिंदै उहाँले महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरि संविधानको अनुसुचिमा पनि राखिसकेको उल्लेख गर्दे ती भुगाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भईरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो,“महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकाली भन्दा उत्तरपुर्वको भनौ महाकाली पूर्वको जमिन नेपालको जमिन हो र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौ र त्यसलाई संविधानको अनुसुचिमा पनि सामेल गरेका छौँ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौ तर यथार्थ के हो भने विगत ५८ वर्ष देखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । र हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन । मैले भने ५८ बर्ष देखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौ । त्यसमा संवाद गरिरहेका छौ ।”

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाई हुनसक्ने भन्दै उहाँले सबै समस्याको समाधान वार्ता मार्फत गरिने भन्दै भारतसँग नेपालको मित्रतापुर्ण सम्बन्ध भएकोमा आस्वस्त पार्नु भएको छ । उहाँले कतिपयले आफुलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इसारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उहाँले आपसमा विवादास्पद यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रश्न गर्नुभयो ।

Facebook Comments