Mon. May 20th, 2024

विघटनसम्बन्धी मुद्दा हेर्न संवैधानिक इजलास तोकियो

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार । प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूसहित पाँच सदस्यीय संवैधानिक इजलास तोक्नुभएको छ ।

सो इजलासमा अन्य न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहाजुर केसी, बमकुमार श्रेष्ठ रहनुभएको सर्वोच्चर अदालतले आज जारी गरेको पेशी सूचीमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।

विघटनपछि ११ वटा रिट संवैधानिक इजलासमा परेको थियो भने अन्य १९ वटा रिट सर्वोच्च अदालतमा परेका थिए । अन्य रिटहरूमा बिहीबारकाे सुनुवाइ  प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा पेश गर्न आदेश दिनुभएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments