Sat. May 18th, 2024

ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट निधन

- कोरोनाको मारमा सञ्चारकर्मी

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार ।  स्वतन्त्र रेडियोहरूको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष तथा नेपाल बिज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ ।

न्यौपाने पूर्वी नेपालमा सबैभन्दा धेरै कभरेज भएको सप्तकोसी एफ.एम. इटहरी, सुनसरीका सञ्चालक पनि हुनुहुन्छ। विराटनगरस्थित विराट मेडिकल कलेज तथा टिचिंग हस्पिटलमा भेन्टिलेटरमा उपचार गराईरहनु भएका उहाँको आज विहान ८:२५ वजे निधन भएको हो ।

एक छोरा र एक छोरीका पिता न्यौपानेलाई कोरोना संक्रमण भएपछि १८ दिन पहिले अस्पताल भर्ना गरिएको थियो ।

न्यौपानेको निधनमा विभिन्न राजनीतिक दलका नेता, विभिन्न सञ्चार माध्यमका पदाधिकारी तथा पत्रकारहरुले गहिरो दुख व्यक्त गर्नुभएको छ ।

Facebook Comments