Fri. Sep 20th, 2024

कोरोना विरुद्धको चिनियाँ खोप लिन निगमको जहाज सोमबार पैचिंग जाने

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार । कोरोना भाइरस विरुद्धको चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीनको राजधानी पैचिंग जाने तयारीमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्राध्यक्ष सि चिनफिङबीच भएको कुराकानीपछि चीनले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको हो ।

सोमबार नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको निगमका प्रबन्धनिर्देशक डिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘राष्ट्रपतिको आग्रहमा चीन सरकारले तत्काल उपलब्ध गराउने १० लाख डोज खोप लिन आगामी सोमबार नेपाल वायुसेवा निगमको ए ३३० बाइडबडी जहाज पठाउने तयारीमा छौँ ।’ गोरखापत्र अनलाईन

Facebook Comments