Sat. May 18th, 2024

अग्रपंक्तिमा खटिने झण्डै ३८ हजार प्रहरीले कोरोना विरुद्धको खोप लगाए

Chinese Vero Cell vaccine

काठमाडौं, २०७८ जेठ १३ गते बिहीबार । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विगतमा कोभिसिल्ड पहिलो मात्रा लगाएका प्रहरी लाई दोस्रो मात्रा लगाइएको हो । ६९ हजार बढी प्रहरी छन् ।

अत्यन्त जोखिमपूर्ण रुपमा कार्यस्थलमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधवार, बिहीबार र शुक्रवार खोप लगाउने व्यवस्था गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण न २ महाराजगन्जमा बुधवार र आजसहित प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा एक हजार ३११ लाई खोप लगाइएको छ ।

यसै गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका ४३४ , महानगरीय प्रहरी परिसर काठमाडौँ तथा मातहत वृत्तमा समेत गरी एक हजार ४८ , महानगरीय प्रहरी परिसर ललितपुरका २५० र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३५० लाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रवारसमेत थप खोप लगाइने जनाइएको छ । रेडियो नेपाल

Facebook Comments