Sun. May 5th, 2024

प्रधानमन्त्री ओलीले आज विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरुका लागि पत्रकार सम्मेलन गर्ने

काठमाडौं, २०७८ जेठ १३ गते बिहीबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो नेपालस्थित विभिन्न विदेशी सञ्चार माध्यमका प्रतिनिधिहरुको लागि पत्रकार सम्मेलनको आयोजना गर्नु हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो ४ वजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सो सम्मेलनको आयोजना गर्न लागिएको हो ।

बालुवाटार स्रोतका अनुसार नयाँ राजनीतिक घटनाक्रम र कोरोना भाइरसको रोकथाम लगायतका विभिन्न विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो ।

Facebook Comments