Fri. May 3rd, 2024

छत्रपाटी निःशुल्क चिकित्सालयमा काेभिड अस्पताल सञ्चालन

काठमाडौं, २०७८ जेठ १२ गते बुधबार । काठमाडौं महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयले विशेष कोभिड अस्पताल आज बाट संचालनमा ल्याएको छ । कोभिड संक्रमणका बिरामीको सरल उपचारको वातावरण बनाउनको निमित कामपाले सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भयो ।

जनताको जीवन रक्षा गर्न आवश्यक सबै कार्यमा प्राथमिकता दिदैँ आएको बताउदैं अस्पतालको क्षमता बढाउने तथा संक्रमण दर घटाउने कार्यलाई सँगसँगै लैजान सके मात्र कोभिडलाई नियन्त्रणमा लिन सक्ने भन्दै सबैलाई सजग रहनका लागि पनि आग्रह गर्नु भयो । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीले अस्पतालमा ७ आइसीयू, ४ भेन्टिलेटर ६ एचडीयू सहित ३५ वेडको  कोभिड अस्पताल सञ्चालन हुने जानकारी दिनुभयो ।

 

यस विशेष कोभिड अस्पतालको उद्घाटन सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर तथा कामपा प्रमुख विद्यासुन्दर शाक्य बाट संयुक्त रुपमा भएको हो । गोरखापत्र अनलाईन

Facebook Comments