Sat. Apr 20th, 2024

आज २५६५औं बुद्ध जयन्ती, राष्ट्रपति भण्डारीद्वारा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त

काठमाडौं, २०७८ जेठ १२ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा विश्व शान्तिका लागि समेत मद्दत पुग्ने बताउनुभएको छ ।

वैशाख पूर्णिमा तिथिको दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको तिथिलाई बुद्ध जयन्तीका रूपमा मनाउने गरिएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड-१९ को महामारीबाट बच्न सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षित रूपमा बुद्ध जयन्ती मनाउन आह्वान गर्नुभएको छ ।

Facebook Comments