Sat. May 18th, 2024

झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई नेकपा एमालेद्वारा साधारण सदस्यसमेत नरहने गरी निष्कासन

काठमाडौं, २०७८ जेठ १० गते सोमबार । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको सोमबार दिउँसो बसेको बैठकले थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार नेता नेपालसहित झलनाथ खनाल, भीम बहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी कुमारी खड्कालाई पार्टी विरुद्ध गतिविधि गरेकोमा निष्कासन गरिएको छ । पार्टी अनुशासन विपरीत गतिविधि गर्ने सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको स्थायी कमिटी बैठकले पाण्डेसहित घनश्याम भुसाल,भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

Facebook Comments