Fri. Dec 5th, 2025

इटलीमा केबल कार दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु

       

काठमाडौं, २०७८ जेठ १० गते सोमबार । उत्तरी इटलीस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले जनाएका छन्।

स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो।

अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन्। इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्‍याइएको छ।

आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ। बिबिसी

Facebook Comments

सम्बन्धित समाचार

1 min read