Fri. May 3rd, 2024

तामाकोसी आयोजनामा आजदेखि पुनः पानी पठाइने

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय । फाइल तस्बिर

काठमाडौं, २०७८ जेठ १० गते सोमबार । दोलखाको बिगु गाउँपालिका-१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउन लागिएको छ ।

मुख्य पाइप (पेन‚टक पाइप)सँग जडान गरिएका दुईवटा मर्मती-ढक्कनबाट पानी रसाएकामा त्यसलाई मर्मत गरेपछि यी संरचनामा प्राविधिक परीक्षणका लागि पुनः पानी पठाउन लागिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ३७३ मिटर अग्लो तल्लो पेन‚टक, ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र सो त्यसको साँघुरो पाइपलाई तल्लो मुख्य पाइपको साँघुरो पाइपसँग जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको परीक्षण गर्ने क्रममा यसमा जडान गरिएको मर्मती-ढक्कनमा पानी रसाएको थियो । त्यसको मर्मत गत वैशाख २९ गतेदेखि सुरु गरिएको थियो । मर्मतपछि अब यी संरचनामा पुनः पानी पठाउन लागिएको हो ।

परीक्षणका लागि पहिला पठाएको पानी पूर्ण रूपमा सुकाएर मर्मत गर्दा २८ दिन लागेको जानकारी दिँदै प्रवक्ता डा. न्यौपानेले भन्नुभयो, “अब पानीको गति बढाएर प्राविधिक परीक्षण गरिन लागिएको हो । आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएका ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । ”

यिनमा थोरै पनि कमजोरी हुन नहुने भएकाले मुख्य पाइपमा पानी भरी प्राविधिक परीक्षणकै क्रममा मर्मती-ढक्कनमा सम‚या देखिएको थियो । अब मर्मत गरिएको छ ।

आयोजना चाँडो सक्न तीव्र दबाब भएका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुण‚तर नपुगेकाले अहिले पेन‚टक पाइपकै भागमा सम‚या देखिएको आयोजनाका प्राविधिकहरूको निष्कर्ष रहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments