Fri. Jun 18th, 2021

“बिराटनगर; बौद्धीकताको परिचायक रहनुमा राधाबाबुको योगदान” संक्षेपको स्मृति

- रामबाबु दाहाल

काठमाडौं, २०७८ जेठ ९ गते आईतबार ।

-रामबाबु दाहाल 

‘आज जे नेपालले सोच्छ बॉकी नेपालले भोलीमात्र सोच्छ ‘यो भनाइ थियो स्व मातृका प्रसाद कोइरालाको । पहिलो ग़ैर भारदार जनताको छोरो प्रधानमंत्री भएका मातृकाबाबु धेरै समय बिराटनगरको स्थानियताको अभिवाभकत्व प्रदान गर्दै रहनु भएको थियो । उहॉको भौतिक अवसान पश्चात त्यो स्थान राधाबाबुले ( राधाप्रसाद घिमिरे ) पाउनु भएको थियो । बिराटनगरमै बसेर क्षय रोग नियन्त्रण संस्था , कोशी अंचल अस्पताल बिकास समिति , ट्रान्सपरेन्सी इन्टरनेशनल बिराटनगर सहयोगी समुह जस्ता सार्वजनिक संघ संस्थाको अगुवाई गर्नु भएका राधाबाबु बिराटनगरको बौद्धीक निधी एलिट क्लबको संस्थापक मध्ये एक मुख्य अभियन्ता हुनुहुन्थ्यो ।

२०१४/१५ सालमा राधाबाबु ,शैलेन्द्रकुमार उपाध्याय , गोपाल प्रसाद शर्मा , जगतमोहन अधिकारी ,शत्रुघनप्रसाद उपाध्याय ,तोरेन्द्रमान सिंह ,टेकचन्द्र पोखरेल ,नारायण प्रसाद अर्याल , डा. भिमकृष्ण मल्ल शिवप्रसाद रिजालको संयुक्त प्रयासमा एउटा क्लबको परिकल्पना भयो ! जसको नामाकरण के गर्ने भनेर महिनौ छलफल पश्चात जुर्यो एलिट क्लब।

बौद्धिक बहस छलफल अनि अन्तराष्ट्रिय जर्नलको पठन त्यो क्लबका प्रारम्भिक गतिबिधी थीए । बि पी कोइराला यदाकदा बिराटनगर ऑउदा प्राय सोधिरहनुहुन्थ्यो रे के छ एलिटको चर्चा । र भन्नुहुन्थ्यो रे मलाई पनि रहर छ त्यहा भाग लिउं ! एक पटक त लुकेर पनि सुन्नु भएको प्रसङ्ग सुनाउनु हुन्थ्यो रे।

मनमोहन भरतमोहन जगतमोहनका पिता सु रामचन्द्र अधिकारी त पछी एलिटको आफ्नो भवन भएपछी त्यहा तासको बृज खेलेको त यो पंक्तिकारले पनि देखेको हो । बिपीले २४ सालमा भारत निर्वासन हुन पुर्व एलिट क्लबमा सम्बोधन गरेको त्यो बढो महत्वको आफ्नो दृष्टिकोण प्रस्तुत गरेको रेकर्ड शायद छ कि भनि धेरै अन्तर्वार्ताका प्रसङ्गमा उल्लेख पनि गर्नु भा छ ।र भन्नु भा छ एलिट क्लब जस्ता नेपालमा २/४ संस्था हुने हो भने प्रजातंन्त्र स्थायित्व हुने थियो ।

अर्थात एलिट र राधाबाबु पर्याय जस्तै बुझिन्थ्यो । जीवनका यौवन अवस्थामा बामपन्थबाट प्रभावित संभ्रानत परिवारका राधाबाबु नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुनु भइ संस्थापक केन्द्रिय सदस्य मद्धे एक हुनुहुन्थ्यो । १० / ११ सालमा उहॉ पाल्पा माँझ खण्डमा इन्चार्ज भइ खटिइनु हुंदा कमरेड मोहनबिक्रम सिंहलाई प्रशिक्षित गरि पार्टी सदस्यता प्रदान गर्नु भएको थियो।

२०१७ सालको राजनीतिक परिवर्तन पश्चात केही समय भुमिगत रहनु भएका वहॉ केही समय पछी वहाको मामली परिवारका दाजु नगेन्द्र प्रसाद रिजालको दवाव र प्रभावमा राजा महेन्द्रको पंचायत ब्यबस्थालाई समर्थन गर्नु भयो । यस समय वहॉ ब्यवशायिक रुपले पायोनियर प्रिन्टिङ्ग प्रेशको संचालक पनि हुनुहुन्थ्यो । रोचक कुरा के छ भने पायोनियर यो शब्द एलिट क्लबको नाम जुराउने सन्दर्भमा पनि वहाको प्रस्ताव रहेको थियो । तर एलिटमा सबैको सहमति भयो । बिराटनगरको अस्पताल चौक पश्चिम हाल कवि लक्ष्मण नेबेटियाले किनेको घर घडेरीमा रहेको वहॉको प्रेशमा तत् समय सबै भुमिगत राजनीतिक पक्षहरुको पर्चा छाप्ने काम हुने गर्दथ्यो भने आमोद प्रसाद उपाध्याय , भरत मोहन अधिकारी ,डिपी अधीकारी मनमोहन अधिकारी चन्द्रिका लोहनी लगायतका बौद्धीक राजनीतिक ब्यक्तित्वको जमघट गफगाफ गर्ने अखंडा पनि रहेको थियो । यो क्रम ३० / ३१ साल सम्म रह्यो ।

३० साल तिर वहा राष्ट्रिय पंचायतमा राजा द्वारा मनोनीत हुनुभयो । सिंहदरबार आगलागी काण्ड पछी ३१ सालमा नगेन्द्र प्रसाद रिजाल प्रधान मंन्त्री भए । रिजालको मन्त्रि मण्डलमा प्रारम्भमा वहा राजनीतिक सल्लाहाकार हुनुभयो । पछी राज्य मन्त्री । त्यो बेलामा राजा बिरेन्द्रको राज्याभिषेक गराउने चुनौती थियो । संचार मन्त्री हुंदा तत्कालीन प्रमुख पत्रिकाहरुमा नयॉ शन्देश ,समिक्षा माथी सरकारले प्रतिबन्ध लगायो । वहॉ माथी वाक तथा प्रकाशन स्वतन्त्रता बिरोधी आरोप पनि लाग्यो ,। रिजाल परिबारको भान्जा भएकाले ‘ मामा भान्जा’ शिर्षकमा समाचार टिप्पणी हुने गर्दथें । रिजाल सोझा सिधा भद्र कहलिन्थे । तर कपटी स्वभाव थियो रे ! राधाबाबुको पंचायतकालमा राजनीतिक उन्नयन नगेन्द्र प्रसादको कारणले नभई किर्तिनीधी बिष्टले गर्दा भएको संसमरण यो पंक्ति लेखनलाइ सुनाउनु हुन्थ्यो ! उहाले सुनाए अनुसार राधाबाबुको कुटनीतिक सेवामा राजनीतिक नियुक्ति को इच्छा र रहर थियो ।

नगेन्द्र प्रसादले वहाको ब्यक्तित्व उपयोग मात्र गर्ने तर कहिं कतै सिफारिस नगर्ने बुझेर वहॉले किर्तिनीधी बिष्टसंग आफ्नो सम्बन्ध बढाउनु भयो । बिष्ट बिराटनगरका चन्द्रिका प्रसाद लोहनीको नातेदार थिए । चन्द्रिकाबाबु बिराटनगरका सम्भ्रानत सज्जन थिए ।बिष्ट बिराटनगर ऑउदा लोहनीकैमा बस्दथे। बिष्टको मोरङ्गमा खेतिपाति पनि थियो । बिष्टसंग कुटनितीक क्षेत्रमा राजनितीक नियुक्तिकालागि अनुरोध गर्दा शुरुमै राजदुत दिने चलन छैन दिल्लिमा सांस्कृतिक सहचारीको पद ख़ाली छ त्यसैबाट पछी राजदुत पनि हुन सकिन्छ जाने हो भने म राजालाई बिन्ति गरौला भनेछन । कुटनितीको अभिरुची भएकाले हुन्छ भन्नु भएको थियो रे । केही समय पछी अंचलाधिस मार्फ़त काठमाण्डौ आउन ख़बर आयो । प्रेश संचालककों ज़िम्मा अर्कालाइ लगाएर काठमाण्डौ पुग्नु भयो । महिनौ सम्म नियुक्ति भएन ।बिष्टसंग किन भएन खै गर्दा बिष्टले भने रे ‘एक पटक राजासंग कुरा भएको हो हुन्छ भनेका हुन कता अल्मलियो ,! बरु म दर्शन भेट मिलाई दिन्छु तपाई आफै कुरा गर्नुस भने ।

केही दिनमै दरबारबाट राजा बिरेन्द्रको दर्शनभेटकालागि ख़बर आयो ! १५ मिनेटको समयावधि तोकिएकोमा ५५ मिनेट सम्म राजाले अभिरुची पुर्वक सम्बाद गरिरहे। अन्त्यमा अब तिम्रो केहि भन्नु छ ? भन्दा बिष्टसंग भएको कुरा गरे ! बिरेन्द्रले निधार खुम्च्याउदै पढेलेखेका सुझबुझ भएका सबै एब्रोड हुने अनि मलाइ यहॉ कल्ले सघाउछ भने रे । त्यती भए इशारा काफ़ी थियो । केहि समयमै रापसमा मनोनयन भए । त्यसपछी रिजाल प्रधानमन्तरी हुने काकतालीमा राधाबाबु पनि मन्त्री हुने संयोग पर्यो ।

कुटनीतिक ज्ञान र चातुर्यता राधाबाबुमा प्रचुर थियो ! डा देबेन्द्रराज पाण्डे त्यो समयमा अर्थ मन्त्रालयमा सहसचिव थिए । राधाबाबुसंग केहि पटक संगै बिदेश भ्रमण को अनुभव सुनाउदा उहॉको उच्च मुल्याङ्कन रहेको मैले सुनेको छु ।

राजा बिरेन्द्रको राज्यांभिशेकमा शान्ति क्षेत्रको प्रस्तावमा राधाबाबुको पायोनियर चिन्तनको प्रतिफल हो भन्दा अत्युक्ति हुन्न। बौद्धिक क्षमता परख गर्ने र साथ सहयोग लिन बिना पुर्वाग्रह अघि सर्ने राधाबाबुको खास बिशेषता थियो । साहित्यकार धनुषचन्द्र गौतमले धेरै पटक आफ्नो संसमरण लेखन क्रममा यो कुरा उजागर गरेका छन ।

५७ / ५८ सालदेखी एक दसक हामी बिराटनगरमा भ्रष्टाचार बिरोधी अभियान ट्रान्सपरेन्सी इन्टरनेशनलमा सम्बद्ध रह्यौ । पुर्व प्रधान न्यायाधिश शुशिला कार्की , महान्यायाधिबक्ता मेघराज बहादुर बिष्ट , पुर्व राजदुत बैजनाथ थपलिया , उपकुलपती उपेन्द्र कोइराला पुर्ब मेयर रमेशचन्द्र पौडेल , बरिष्ठ साहित्यकार परशु प्रधान , नारायण प्रसाद कोइराला , डा भेषप्रसाद धमला ,रेखबहादुर भट्टराइ ,दिनेश श्रेष्ठ , शोभन नेपाल , ज्ञानचन्द दुगड ,गंगाबिशन रांठी , बिश्वराज पाण्डे , लगायत मुर्धन्य ब्यक्तिले यस अभियानमा सघाएका थिए । उहॉको साथ संगत र अभिरुची यस प्रकारको संयोजनले पनि दर्शाउछ ।

-रामबाबु दाहाल चिरपरिचित लेखक तथा साहित्यकार हुनुहुन्छ ।

Facebook Comments