Mon. Nov 25th, 2024

प्रम ओलीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ । बैठकमा आयोगका प्रमुख आयुक्तका साथै सबै पदाधिकारीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकार गठनका लागि १५३ सासंसहरुको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १४९ गठबन्धनको सांसदहरुसहित गरिएको दाबी बदर गरिएको थियो । वर्तमान अवस्थाको प्रतिनिधिसभा भंग गरि अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आगामी कात्तिक २६ र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते घोषणाा गरिएको थियो ।

यसपश्चात् प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग निष्पक्ष एवम् धाँधलीरहित निर्वाचनका विषयमा आयोगमा छलफल गर्नुभएको भट्टराईले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments