Tue. Sep 17th, 2024

कोरोना संक्रमणबाट थप ९ हजार २ सय ४७ जना पीडित, २१४ जना सङ्क्रमितको मृत्यु

काठमाडौं, २०७८ जेठ ३ गते सोमबार । आज देशभर कोरोना भाइरसबाट ९ हजार २ सय ४७ जना संक्रमित भएका छन् । २१ हजार ६ सय ५३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ हजार १ सय ९८ जना तथा ४ सय ३४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४९ जना गरी जम्मा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । देशभरबाट गएको २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ७४ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

देशभरि आज कोरोना सङ्क्रमणबाट २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल, नेपालमा १ लाख १३ हजार ४ सय ८० सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

Facebook Comments