Fri. Sep 20th, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, २०७८ जेठ २ गते आईतबार । नेपाल आयल निगमले आइतवार वेलुकी पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।

अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजल र मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

Facebook Comments