Tue. May 21st, 2024

कुस्तीको पहिलो स्वर्णले संगीतालाई रुवायो..

जनकपुरधाम, २०७६ मंसिर २१ गते शनिबार ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जित्न् भयो । कुस्तीमा नेपाललाई स्वर्ण दिन सफल संगीता जितपछि खुसी हुनै सक्नु भएन। उहाँ स्वर्ण जितेसँगै भावुक हुनुभयो।

संगीताका खुसीका आँसुमात्र झरेनन् उहाँ भावुक भएर रुनै थाल्नु भयो। संगीता भक्कानिएर रोएपछि उहाँलाई प्रशिक्षक र सहयोगीले सम्हाल्नु परेको थियो। जनकपुरस्थित कबर्ड हलमा संगीता भावुक हुँदा खुसीले हुटिङ गरिरहेका दर्शकसमेत केही समय भावुक बने। शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा संगीताले बंगलादेशी प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्नु भएको हो।

संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्नु भएको हो। स्वर्ण विजेता संगीता महेन्द्रनगरकी हुनुहुन्छ। काठमाडौं, पोखरा र जनकपुरमा सागका विभिन्न खेलकुद भइरहेका छन्। जनकपुरमा भने कुस्तीका खेल राखिएको छ। अन्नपूर्ण पोष्ट अनलाईनबाट ।

Facebook Comments