Tue. May 21st, 2024

साग कुस्तीमा संगिता धामीद्वारा नेपाललाई पहिलो स्वर्ण

काठमाडौं, २०७६ मंसिर २१ गते शनिबार ।

संगिता धामीले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती विधामा नेपालका लागि पहिलो स्वर्ण जित्नुभएको छ । उहाँले ५५ किलो तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सागको कुस्ती विधाको खेलमा संगिताले शनिबार बङ्गलादेशकी सकिरा सरकारिनेलाई हराएर स्वर्ण पदक प्राप्त गर्नुभयो ।

सागको कुस्ती विधामा नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो । पहिलो दिन नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । सकिरालाई संगिताले ४–१ ले हराउँदै नेपाललाई ४३ औं स्वर्ण पदक दिलाउनुभयो । स्वर्ण पदक जिते लगत्तै संगिता भावुक हुन पुग्नुभयो ।

Facebook Comments