Sun. May 19th, 2024

पछिल्लो चौबीस घण्टामा १६८ जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं, २०७८ बैशाक २९ गते बुधबार । नेपालमा कोरोनाभाइरसबाट पछिल्लो चौबीस घण्टामा १६८ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा भएको मृत्यु मंगलबार चौबीस घण्टाको अपेक्षा कम हो । मंगलबार चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी पत्रकार सम्मेलनमा चौबीस घण्टामा नौ हजार २३८ जना सङ्क्रमित थपिएको र चार हजार ४४४ जना कोरोनामुक्त भएको जानकारी दिनुभयो । पछिल्लो चौबीस घण्टामा १६८ जनाको मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट नेपालमा हालसम्म चार हजार २५२ जनाले ज्यान गुमाएका छन् । गोरखापत्र अनलाईन

Facebook Comments