Mon. May 6th, 2024

नेपाललाई अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्यो

काठमाडौं, २०७८ बैशाक २९ गते बुधबार । संयुक्त राज्य अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाइफ्लो अक्सिजन डिभाइस प्रदान गरेको हो । साथै, टेलिमिडिसन उपकरण, परीक्षण साधन, ह्यान्डवासिङ स्टेसन र हेल्थ क्लिनकका सामाग्री पनि संलग्न छन् ।

स्वास्थ्य मन्त्रालय र सीसीएमसीलाई ती सामाग्री प्रदान गरिएको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । अहिलेसम्म ती स्वास्थ्य सामाग्री प्रदान गरिएको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकाले यसअघि ३९।९ मिलियन डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई आफ्ना साझेदार निकायबाट प्रदान गर्ने घोषणा गरिसकेको छ । रे न्यूज डेली

Facebook Comments