Fri. May 3rd, 2024

काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बियो

काठमाडौं, २०७८ बैशाक २८ गते मंगलबार । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा १५ दिन थपिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्म थप भएको छ ।

त्यस्तै बैठकले निर्माण सामग्री दिउसोमा ल्याउन नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ ।

विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो ।

Facebook Comments