Fri. May 3rd, 2024

रुसको एक विद्यालयमा गोली प्रहार, ११ जनाको मृत्यु

काठमाडौं, २०७८ बैशाक २८ गते मंगलबार । रुसको कजान शहरस्थित एउटा विद्यालयमा गोली प्रहारको घटनामा ८ जना बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । राजधानी मस्कोभन्दा झण्डै ८ सय २० किलोमिटर पूर्वमा रहेको कजान शहरमा भएको उक्त घटनामा एकजना शिक्षकको पनि मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार स्थानीय सञ्चारमाध्यमले दुई जनाको समूह विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेको उल्लेख गरेको छ। उक्त घटनाको क्रममा सुरक्षाकर्मीले एकजना १९ वर्षीय युवालाई नियन्त्रणमा लिएको छ ।  घटनाको क्रममा विष्फोटनको आवाज पनि सुनिएको जनाइएको छ । कजान ‘मुस्लिम रिपब्लिक अफ ततारस्तान’ अन्तर्गत पर्छ । घटनाको थप विवरण अझै आउन बाँकी नै रहेको बीबीसीले जनाएको छ ।

तातारस्तानका राष्ट्रपति रुस्तम मिलिखानोफ़ ले स्कुल बाहिर आयोजित पत्रकार भेलामा यो अत्यन्त डरलाग्दो घटना भएको र घाईते १२ बालबालिका र ४ जना युवाहरुको उपचार भैरहेको जानकारी दिनुभयो ।

Facebook Comments