Fri. May 17th, 2024

चीनले उपब्ध गराएको भेन्टिलेटर र अक्सिजन सिलिन्डर नेपाल ल्याइयो

काठमाडौं, २०७८ बैशाक २८ गते मंगलबार । नेपाल एअरलाइन्सको जहाजले चीनको पैचिंगबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर काठमाडौंमा ल्याईएको छ । हिजो राती चीनको राजधानी पैचिंग गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सो जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो । सिलिन्डरलगायत सामग्री त्रिभुवन विमानस्थलमै चीनले नेपाललाई हस्तान्तरण गरेको छ ।

चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार वटा सिलिन्डर विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।

Facebook Comments