Fri. Apr 26th, 2024

एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौं, २०७८ बैशाक २७ गते सोमबार । कोरोना भाइरसको दोश्रो चरणको महामारी बढ्दै गएपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको जानकारी दिनु भयो ।

“सरकारले पनि परीक्षाहरू स्थगित गर्न भनेको छ र पछिल्लो समय कोरोनाभाइरसको बढ्दो सङ्क्रमणका कारण हामीले परीक्षाहरू स्थगन गर्ने निर्णय गरेका हौँ।”

“त्रिसट्ठी जिल्लामा अहिले लकडाउनको स्थिति पनि छ। यस्तो अवस्थामा तत्काल परीक्षाहरू गर्न सम्भव देखिएन,” पौडेलले भन्नुभयो ।

गत वर्ष पनि कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा स्थगित गरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिइएको थियो।

यो वर्ष आउँदो जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने पूर्वनिर्धारित तालिका थियो। त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने योजना थियो।

Facebook Comments