Tue. Jul 28th, 2026

संवैधानिक परिषद्ले गर्‍यो लोकसेवालगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस

- पूर्वसचिव माधवप्रसाद रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

       

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । आइतबार विहान बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी हुनु भएको थिएन ।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।

आजको बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी हुनुहुन्थ्यो।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read