Mon. Dec 23rd, 2024

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा राजीनामा, नयाँ सरकार गठनको लागि आव्हान

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिनु भएको छ । उहाँले प्रदेश प्रमुख सिता पौडेलसमक्ष आइतबार अपराह्न ३ बजे राजीनामा बुझाउनु भएको हो ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यस उपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिनुभएको हो ।

 

Facebook Comments