Wed. Jul 1st, 2026

महामारीमा नेपाललाई सघाउन विश्वसमुदायलाई प्रधानमन्त्रीको अपिल

       

काठमाडौं, २०७८ बैशाक २५ गते शनिबार । प्रधानमन्त्री केपी ओलीले विश्व समुदायलाई कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा नेपाललाई सघाउन अपिल गर्नुभएको छ ।

सिएनएनलाई अन्तर्वार्ता दिँदै नेपालमा कोभिड-१९ को महामारीविरुद्धको लडाइँ नियन्त्रणमै रहेको बताउँदै सो अपिल गरेको प्रेस सल्लाहकार सूर्य थापले बताउनु भयो । थापाले ट्विट गर्दै उक्त जानकारी दिनुभएको हो। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले “नेपालमा कोभिड-१९ महामारीविरूद्दको लडाइँ नियन्त्रणमै रहेको” बताउनुभएको छ,’ थापाले लेख्नु भएको छ, ‘आज अपरान्ह १२ बजे सिसिएन इन्टरनेसनललाई दिएका अन्तर्वार्ता दिँदै उहाँले “विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल” पनि गर्नुभएको छ ।’

Facebook Comments

सम्बन्धित समाचार