Tue. Jul 28th, 2026

नेता विष्णु पौडेलद्वारा माधव नेपाल पक्षका योगेश भट्टराई लगायतका तीनजना नेतासँग भेट

       

काठमाडौं, २०७८ बैशाक २३ गते बिहीबार । ओली सरकारविरुद्ध अविस्वासको प्रस्ताव वलियो हुने छेकछन्द देखिएसँगै नेकपा एमालेको दोस्रो तहका नेताको सम्वादले तीव्रता पाएको छ ।

बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहनु भएका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ। अर्थमन्त्री समेत रहनु भएका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेट्नु भएको थियो ।

लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गर्नुभयो । तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो । यसअघि बुधबार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेटवार्ता भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read