Fri. May 3rd, 2024

पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने

काठमाडौं, २०७८ बैशाक २३ गते बिहीबार । धनकुटाको पाख्रीबास नगरपालिकामा ५४ करोड बराबरको औद्योगिक ग्राम निर्माण हुने भएको छ । पाख्रिबास नगरपालिकाको आयोजनामा आज बिहीबार एक कार्यक्रमका बिच सङ्घीय प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले धनकुटा अध्यक्ष राजेन्द्र कुमार राईले औद्योगिक ग्रामको शिलान्यास गर्नु भएको छ ।

नगरपालिकाको वडा नं ७ राम्चेडाडामा १ सय १७ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागेको औद्योगिक ग्राम सङ्घीय प्रतिनिधिसभा सदस्य राईको पहलमा निमार्ण कार्य शुरु भएको हो । कार्यक्रममा बोल्नु हुँदै सांसद राईले देशलाई आर्थिक रुपमा धनी बनाउन कलकारखाना उद्योग धन्दा कलकारखाना खोल्न आवश्यक रहेको बताउनुभयो ।

बेरोजगार युवाहरूलाई रोजगार दिन सङ्घ, प्रदेश र स्थानीय सकारले नीति बनाएर हरेक स्थानीय तहका औद्योगिक ग्राम निर्माण गरिरहेको जानकारी गराउनु हुँदै उहाँले सरकारका नीति अनुसार नै पाख्रिबास नगरपालिकामा पनि औद्योगिक ग्राम निमार्ण गर्न लागिएको बताउनुभयो ।

उहाँले जब सम्म नेकपा एमालेले शोषित पीडित जनताका निम्ति कलकारखाना उद्योग धन्दा खोल्दैन तब सम्म मुलुक अगाडि बढ्दैन भन्ने गरिएको भन्दै जनताको आर्थिक स्थिति सुधार गर्दै देशलाई समृद्ध बनाउन ग्राम स्थापना गर्न लागिएको बताउनुभयो ।

यहाँ पाख्रीबासका मजदुर किसान तथा श्रमिकले रोजगारी पाउने उहाँले बताउनुभयो । कार्यक्रममा पाख्रीवास नगरपालिका प्रमुख वृषबहादुर राईले ५४ करोडमा बन्न लागेको औद्योगिक ग्रामका लागि पहिलो चरणमा १ करोड बराबरको टेन्डर खुलेको जानकारी दिँदै यसबाट भवन, बाटो निर्माणको काम गरिने बताउनुभयो ।

औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने उहाँको भनाई छ । यो औद्योगिक ग्राममा स्थानीय स्तरका श्रोत साधन कच्चा पदार्थ प्रविधि र सीपको परिचालन गरी रोजगार सिर्जना गर्दै स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने, उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि ग्राम सञ्चालन गर्न लागिएको हो । रेडियो नेपाल

Facebook Comments