Sun. May 19th, 2024

अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयार रहन निर्देशन

काठमाडौं, २०७८ बैशाक २२ गते बुधबार । नेपाली सेनाले सेनामा रहेर अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले देशमा कोरोना भाइरसका कारण उपचार सेवा प्रभावित भइरहेको भन्दै २०७२ साल पछाडि अवकाश पाएका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

देशलाई आवश्यक परेको बेला उनीहरूलाई जुनसुकै बेला सेनाले बोलाउन सक्ने निर्णय भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले उज्यालोलाई जानकारी दिनुभयो । सेनामा रहेर काम गरी २०७२ सालपछि अवकाश भएका स्वास्थ्यकर्मीको सङ्ख्या झण्डै तीन सय ५० जना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

Facebook Comments