Sun. May 19th, 2024

पश्चिम बङ्गालमा नरेन्द्र मोदीको दल पराजित

- कोरोना महामारीबीच भारतीय निर्वाचन परिणाम

तृणमूल कांग्रेसका समर्थकहरू खुशियाली मनाइरहेका छन्

काठमाडौं, २०७८ बैशाक २० गते सोमबार । कोरोनाभाइरस सङ्क्रमण र मृत्युका घटना हालसम्मकै उच्च देखिएको बेला भारतमा सम्पन्न एउटा महत्त्वपूर्ण चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी पराजित भएको छ।

ममता बनर्जी मोदीकी कटु आलोचक

भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गाललाई आफ्नो चुनावी अभियानको मुख्य केन्द्र बनाएको थियो। पश्चिम बङ्गालको २ सय ९२ सिटमध्ये २०८ तृणमूल कांग्रेसले जितेको बीबीसी हिन्दीले जनाएको छ। मोदीको दल आसाममा विजयी भए पनि अन्यत्र उल्लेख्य उपलब्धि हासिल गर्न विफल भएको छ।

कोभिड सङ्कटको व्यवस्थापनलाई लिएर मतदाताले मोदीलाई दण्ड दिन्छन् कि दिँदैनन् भनेर चुनावलाई नजिकबाट हेरिएको थियो।

भारतमा लगातार १० दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका दैनिक घटना ३ लाख भन्दा बढी छन्। त्यहाँ आइतबार ३ हजार ६ हजार ८९ जनाको मृत्यु भएको थियो जुन एक दिनको सर्वाधिक उच्च मानवीय क्षति हो। अस्पतालहरूले शय्या र अक्सिजनको चरम अभावको सामना गरिरहेका छन् र धेरै भारतीयहरूले सामाजिक सञ्जालमार्फत सहयोगको खोजी गरिरहेका छन्।

पश्चिम बङ्गालको परिणामको अर्थ
उक्त नतिजाले प्रधानमन्त्री मोदीकी कटु आलोचक भारतको एक मात्रै महिला मुख्यमन्त्री ममता बनर्जीलाई तेस्रो पटक पश्चिम बङ्गालको नेताका रूपमा स्थापित गराएको छ। जितले भारतलाई जोगाएको भन्दै उहाँले कोभिड-१९ को नियन्त्रण उनको पहिलो प्राथमिकता हुने बताउनु भएको छ । नन्दीग्रामको सिटमा भाजपा प्रवेश गरेका आफ्ना एक जना पूर्व सहयोगीसँगको बनर्जीको पराजयले चुनावी परिणामलाई खल्लो बनाएको थियो। तर उहाँले उक्त नतिजालाई अदालतमा चुनौती दिने बताउनु भएको छ। मुख्यमन्त्री बन्नका लागि उहाँले फेरी चुनाव भने लड्नुपर्ने अवस्था आउन सक्छ।

झन्डै ९ करोड जनसङ्ख्या रहेको र कोलकाता सहर अवस्थित रहेको पश्चिम बङ्गाल चुनावी पर्यवेक्षकहरूका लागि आकर्षण मान्ने गरिएको छ। बिबिसी

Facebook Comments