Sun. May 19th, 2024

आजदेखि आन्तरिक उडानमा रोक

काठमाडौं, २०७८ बैशाक २० गते सोमबार । कोरोना भाइरसको महामारी डरलाग्दो गरी फैलिएपछि सरकारले आजदेखि अन्तरिक उडानमा रोक लगाएको छ ।

आइतबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्यरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुुभएको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको उहाँले बताउनु भयो ।

Facebook Comments