Mon. Apr 29th, 2024

कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, पाँच हजार ७०६ सङ्क्रमित

काठमाडौं, २०७८ बैशाक १८ गते शनिबार । नेपालमा पछिल्लो चौविस घण्टामा १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२८७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ४३ हजार २१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । पछिल्लो चौबीस घण्टामा ५६६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५७ जनामा पोजेटिभ पाइएको छ ।

हालसम्म दुई लाख ८२ हजार ३८२ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २९८ जनाको मृत्यु भएको छ । हाल ४३ हजार २१३ जना आइसोलेशनमा छन् ।

Facebook Comments