Mon. Apr 29th, 2024

निषेधाज्ञा उल्लङ्घन गरी हिँडडुल गर्ने २ हजार ४ सय ४९ जना प्रहरी नियन्त्रणमा

- निषेधाज्ञाको तेश्रो दिन ?

काठमाडौं, २०७८ बैशाक १८ गते शनिबार । उपत्यकाका निषेधाज्ञा जारी भएको आज तेस्रो दिन सडकमा पछिल्ला दुई दिनकाे तुलनामा सवारी साधन र यात्रुको चाप कम थियो । राजधानी संक्रमितको संख्या बढ्दै गए पछि प्रशासनले मानिसको आवतजावतमा थप कडाइ गरेको छ ।

यसै क्रममा आज दिउँसोसम्म एक हजार ४९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गरी हिँडडुल गर्ने दुई हजार ४४९ जनालाई प्रहरीले नियन्त्रणमा लिई सझाइबुझाइ छाडेको प्रहरीले जनाएको छ ।

Facebook Comments